भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भक्तपुर र धुलिखेल नगरप्रमुखबीच अनुभव आदानप्रदान

भक्तपुर र धुलिखेल नगरप्रमुखबीच अनुभव आदानप्रदान

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति र धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जुबीच मंगलबार धुलिखेलमा भेटवार्ता भएको छ। भेटमा दुवै नगर प्रमुखबीच नगरपालिकाबाट सञ्चालित सेवा, कार्यक्रम र प्रगतिबारे अनुभव आदानप्रदान भएको हो।

भेटको क्रममा भक्तपुर नगरप्रमुख प्रजापति, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वसहितको टोलीलाई धुलिखेल नगरप्रमुख ब्यान्जुले स्वागत गरेका थिए।

नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको गतिविधिबारे जानकारी दिँदै जनप्रतिनिधि, कर्मचारी र जनताको समन्वयले भक्तपुरको विकास सम्भव भएको बताए। उनले विद्यार्थीहरूलाई शैक्षिक ऋण तथा छात्रवृत्तिको माध्यमबाट उच्च शिक्षा हासिल गर्न सहयोग प्रदान गरिएको पनि बताए।

त्यस्तै, धुलिखेल नगरप्रमुख अशोक कुमार ब्यान्जुले आफ्नो नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख गरे। उनले धुलिखेललाई विश्व स्वास्थ्य संगठनले नेपालको पहिलो स्वस्थ शहरको मान्यता दिइसकेको र नगरले खानेपानी, गरिबी निवारण लगायतका क्षेत्रमा दिगो विकासका लक्ष्यहरू प्राप्त गरिसकेको बताए।

प्रमुख ब्यान्जुले धुलिखेल अस्पताल तथा काठमाडौ विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज स्थापना प्रक्रियामा नगरपालिकाको महत्वपूर्ण योगदान रहेको बताए। साथै, नगरपालिकाले ९६ प्रतिशत घरधुरीमा खानेपानी पुर्याउन सफल भएको जानकारी दिए।

धुलिखेल नगरपालिकाले सबै सेवा प्रणालीलाई डिजिटल बनाउन पहल गरिरहेको र भौतिक पूर्वाधारसँगै सामाजिक क्षेत्रमा समेत ध्यान दिइएको पनि उनले बताए।

भेटपछि दुवै नगरप्रमुखबीच नगरपालिकाका प्रकाशन सामग्री र मायाको चिनो आदानप्रदान गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.