भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भक्तपुर नगरपालिकाको प्रतिबद्धता : ‘एक चीन नीति’ सधैंको समर्थनमा

भक्तपुर नगरपालिकाको प्रतिबद्धता : ‘एक चीन नीति’ सधैंको समर्थनमा

ल्हासा, १७ असार । नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा तिब्बतको ल्हासामा आयोजित नेपाल–सिचाङ (तिब्बत) भगिनी नगरहरूको बैठकमा भक्तपुर नगरपालिकाका प्रतिनिधि तथा वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले नेपाली जनताको तर्फबाट ‘एक चीन नीति’ सधैं समर्थनमा रहेको बताउनु भएकाे छ ।

अध्यक्ष ज्याख्वले शान–नान नगरपालिकासँगको भगिनी सम्बन्धको सन्दर्भमा आयोजक, विशेषतः नगरप्रमुख र उपमेयर हान लिआङलाई धन्यवाद दिंदै शान–नान शहरको प्रविधि, पूर्वाधार, सुरक्षातन्त्र र वातावरणीय समन्वयबाट आफूहरू निकै प्रभावित भएको बताउँनुभयाे ।

कार्यक्रममा बोल्दै उहाले नेपाल र चीनबीच १९५५ देखि स्थापित दौत्य सम्बन्ध मात्र कूटनीतिक तहमा सीमित नभई जनस्तरसम्म फैलिएको र नेपाली जनता सधैं चीनको सार्वभौमिकताको सम्मानमा दृढ रहेको कुरा पुनः दोहोर्‍याउनुभयाे । 

अध्यक्ष ज्याख्वले भक्तपुर नगरपालिकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका उपलब्धिहरू प्रस्तुत गर्दै आत्मनिर्भर दृष्टिकोणमा आधारित विकासका नमुना कार्यहरूबारे जानकारी दिनुभयाे ।

उहाँले स्मरण गर्दै सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीको समयमा चीन र शान–नान नगरपालिकाबाट प्राप्त चिकित्सा सामग्री सहयोगप्रति नेपाली जनताको तर्फबाट आभार प्रकट गर्दै भविष्यमा शिक्षा, संस्कृति, पर्यटन र व्यापारको क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गर्नुभयाे । 

भक्तपुर र शान–नान नगरपालिकाबीच सन् २०१६ देखि कायम रहेको भगिनी सम्बन्धले दुई देशका स्थानीय सरकारबीचको जनस्तरीय सम्बन्धलाई मजबुत बनाएको भन्दै उनी पूर्ण विश्वस्त रहेको बताउँनुभयाे । 

 


Thali Mobile Pvt.Ltd.