भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संस्थागत विद्यालयका प्रिन्सिपलहरुको भेला

सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा संस्थागत विद्यालयका प्रिन्सिपलहरुको भेला

भक्तपुर । सामुदायिक, संस्थागत र गुठीद्धारा सञ्चालित विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भएको छ ।  जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु संविधान र संघीयताविरोधी कदम भएको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

शिक्षक आन्दोलन र त्यसको औचित्यमाथि प्रष्ट पार्दै शिक्षा विधेयकमा स्थानीय तहको अधिकार कटौती गरी संघमा पु¥याउने प्रतिगामी प्रावधानहरु रहेको उल्लेख गरे । नेपालको संविधान २०७२ ले मावि तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको भन्दै संविधानले प्रदान गरेको त्यो अधिकार कुनै पनि बहानामा खोस्न नपाइने बताए । संविधानले निर्दिष्ट गरेको अधिकार कार्यान्वयनमा ल्याउन सरकार गम्भिर बन्नु पर्ने उनको तर्क छ ।

सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीलाई समान शिक्षा दिने विषयमा जोड दिँदै आएको भन्लदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थापनाको उद्देश्यअनुसार आवश्यक पूर्वाधार निर्माण गर्दै आएको तर सरकारको संकुचित सोच र पक्षपातपूर्ण व्यवहार गर्दा ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिमा ढिलाइ भइरहेको जिकिर गरे । कार्यक्रममा उपप्रमुख रजनी जोशीले समाज विकासको महत्वपूर्ण जग शिक्षा क्षेत्र भएको बताइन् ।

शिक्षा विकासमा भक्तपुर नपाले विशेष प्राथमिकता दिँदै आएको दावी गरिन् । शिक्षा क्षेत्र बाहेक पनि ख्वपको पहिचान बोकेको कला संस्कृति, सम्पदा संरक्षणमा पनि नपाले जोड दिँदै आएको बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले फरक विशेषतायुक्त भक्तपुर नगरपालिकाबाट सिक्न देशका विभिन्न स्थानीय तहहरु, संघ संस्थाहरु भक्तपुरको अध्ययन भ्रमणमा आउने सिलसिला चालु रहेको बताए ।

शैक्षिक प्रगतिमा यहाँका विद्यालयहरुले आगामी दिनहरुमा महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । भक्तपुरको शिक्षा विकासको लागि सबैको प्रयास अपरिहार्य भएको नवनियुक्त नगर शिक्षा अधिकृत साधुराम फुयालले बताए । कार्यक्रममा संयुक्त परीक्षा समितिका रोशनराज तुईतुईले भक्तपुरको शैक्षिक स्तर उकास्ने हेतुले विद्यालय अनुगमन निरीक्षण तथा प्राविधिक समिति गठन गरी विविध कार्यहरु गर्दै आएको जानकारी दिए ।

यस्तै सार्वजनिक परीक्षा समितिका राम हाडाले विद्यार्थी संख्याको अनुपातअनुसार शिक्षक दरबन्दी मिलान गर्नु आवश्यक रहेको औल्याए । कार्यक्रमा परीक्षा समितिका सूर्यबहादुर पन्च, प्याब्सन नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, एन प्याब्सनका शिवकृष्ण कवांले शिक्षकहरुबीच शिक्षा विधेयकबारे व्यापक छलफल आवश्यक रहेको बताए । एसईई परीक्षा हटाउदा शिक्षाको गुणस्तरमा पर्ने असरबारे स्पष्ट हुनुपर्ने जिकिर गरे । कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले उद्देश्यमाथि प्रष्ट पारेका थिए ।

 


Thali Mobile Pvt.Ltd.