भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भक्तपुर महोत्सव २०८१ः भक्तपुरमा कला, संस्कृति र सहभागिताको उत्सव सम्पन्न

भक्तपुर महोत्सव २०८१ः भक्तपुरमा कला, संस्कृति र सहभागिताको उत्सव सम्पन्न

भक्तपुर, भक्तपुरको साल्लाधारीस्थित सल्लाहघारी मैदानमा आयोजित ‘औद्योगिक शान्ति नेपालले आयोजना गरेको भक्तपुर महोत्सव २०८१’ भव्य रूपमा सम्पन्न भएको छ। नवौं संस्करणको महोत्सवले कला, संस्कृति, संगीत र सामाजिक चेतनाको अद्भुत प्रस्तुत गर्दै तीन लाखभन्दा बढी दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रेकर्ड गरेको हो।

स्कृतिको आभा बोकेको पाँचतले मन्दिर गेट

मेलाको मुख्य आकर्षणको रूपमा पाँचतले मन्दिर शैलीको गेट निर्माण गरिएको थियो, जहाँ हजारौं दर्शकले फोटो र भिडियो खिच्दै सम्पदाको आभास अनुभव गरेका थियो । गेट सेल्फी स्पट मात्र होइन, सम्पदा र पहिचानको प्रतीक बनेको थियो ।

गीतकार शुवास ढुंगेललाई विशेष सम्मान

गीतकार ढुंगेललाई विशेष प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो।

नृत्य प्तियोगितामा पुर्णिमा विश्वकर्मा शीर्ष स्थानमा
सुमन श्रेष्ठको संयोजनमा सम्पन्न डान्स प्रतियोगिता मेलाको जीवन्त र बहुप्रतीक्षित कार्यक्रम बन्यो। प्रतिस्पर्धामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै पुर्णिमा विश्वकर्मा प्रथम स्थानमा बनाउँदै रु ३०,००० नगद पुरस्कार प्राप्त गरिन्। रतिस गिरि दोुस्रोले रु. २०,०००, तेस्रो स्थानमा रहेका सागर लामा रु १०,००० हजार प्राप्त गरिन ।

सम्मान र कदरको बहार

मेलामा कला, समाजसेवा र संस्कृति क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई कदर पत्र, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। गीत, नृत्य, र सामाजिक उत्तरदायित्व बोकेका व्यक्तिहरूलाई मञ्चबाट सम्मानित गरियो।

नगरपालिकाहरूको सशक्त साथ
भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर नगरपालिकाहरूको समन्वयले मेलाको व्यवस्थापन, सौन्दर्य र सुरक्षा सुनिश्चित गरिएको थियो।

मेलामा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले भने “सांस्कृतिक मेला भनेको केवल रमाइलो होइन, पहिचान जोगाउने अभियान हो। नगरपालिकाले गर्ने सहयोगमा कुनै कन्जुस्याइँ गर्दैन।”

राजनीतिक प्रतिबद्धता र आगामी योजनाहरू

कार्यक्रममा उपस्थित नेकपा एमाले भक्तपुर अध्यक्ष वचन देउजाले “सांस्कृतिक जीवन्तता र आर्थिक समृद्धिका लागि मेला जस्ता थलो अपरिहार्य छन्। आगामी वर्षहरूमा अझ नयाँ शैली र उचाइमा मेलालाई पु¥याइनेछ,” भनेर प्रतिबद्धता व्यक्त गरे।

आयोजकको सन्देश– ‘१० औं संस्करण अझ भव्य बनाउने’
सभापति दिपक थापाले समापनमा भने “हामीले हरेक वर्ष केही नयाँ दिन खोजेका छौं। आलोचना स्वीकार्छौं, सुझावहरू स्वागतयोग्य छन्। तपाईंहरूको माया पाइरह्यौं भने, १० औं संस्करण अझ गौरवपूर्ण बनाउनेछौं।”

 

 


Thali Mobile Pvt.Ltd.