भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगै खेलकुदलाई पनि विशेष महत्व दिएको छ : मेयर प्रजापति

भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगै खेलकुदलाई पनि विशेष महत्व दिएको छ : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँगले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकास संगै खेलकुदलाई पनि विशेष महत्व दिएको बताएका छन् । नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेसहितका पदाधिकारीहरुसंग मंगलबार भनपा सभाकक्षमा भएको भेटमा प्रमुख प्रजातिले उक्त कुरा बताएका हुन ।

भेटमा भक्तपुरमा बक्सिङ खेल विकासबारे छलफल भएको जनाइएको छ । बक्सिङ खेलको विकासबारे बक्सिङ महासंघसँग समन्वय गर्दै अगाडि जाने विषयमा नगरपालिका सकारात्मक रहेको बताउँदै भक्तपुर नपाको निर्वाचन घोषणापत्र अनुसार प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको जानकारी गराए ।

उनले खेलकुद विकाससम्बधी गतिविधिहरु नगरपालिकाले संचालन गर्दै आएको बताउँदै फुटबल, भलिबल, बक्सिङ, कराते र टेबुलटेनिसलगायतको नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको बताए । बक्सिङ खेलकाबारे महासंघले राखेको प्रस्ताव बैठकमा राखेर छलफल गर्ने विश्वास दिलाए ।

भेटमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालले बक्सिङ खेललाई पनि प्राथमिकतामा राख्न सके बक्सिङ खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भक्तपुर नपाले यस वर्ष अन्तरनगर खेलकुद प्रतियोगितामा बक्सिङ खेल समावेशको लागि अनुरोध समेत गरे ।

उनले भक्तपुरले खेलकुद क्षेत्रको विकासमा गरिरहेको कार्यहरु सराहनीय भएको बताउँदै बक्सिङ प्रतियोगिता आयोजनाले नयाँ बक्सिङ खेलाडीहरु उत्पादनमा समेत महत्वपूर्ण भूमिका रहने बताए ।

 


Thali Mobile Pvt.Ltd.