भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको घोषणा

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको घोषणा

भक्तपुर,  १८ असार । भक्तपुर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ। बिहीबार एक विशेष कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उक्त घोषणा गर्नुभयो। घोषणासँगै उहाँले सरकारले प्रमाणित गरेका सबै खोपहरू सर्वसाधारणको पहुँचमा पु‍र्‍याउन थप प्रयास गर्नुपर्ने बताउनुभयो।

कोभिड महामारीले खोपको महत्व झनै गम्भीर रूपमा बोध गराएको उल्लेख गर्दै उहाँले खोप बेवास्ता गर्नु स्वास्थ्यप्रति लापरवाही हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा उपप्रमुख रजनी जोशीले स्वस्थ नयाँ पुस्ता निर्माणका लागि खोपको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो।

उहाँले स्वस्थ र सभ्य समाजको निर्माणमा सबैको हातेमालो अपरिहार्य रहेको पनि उल्लेख गर्नुभयो।जनस्वास्थ्य कार्यालय, भक्तपुरकी प्रमुख अन्जना खड्काले घोषणा सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै भक्तपुर जिल्लाका चारवटै नगरपालिका—भक्तपुर, मध्यपुर ठिमी, चाँगुनारायण र सूर्यविनायक अब पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा प्रमाणित भइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख प्रजापतिलाई जनस्वास्थ्य कार्यालय प्रमुख अन्जना खड्काले खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। प्रमुख प्रजापतिले १० वटै वडाका वडाध्यक्षहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वागत मन्तव्य दिनुभयो। त्यस्तै, खोप फोकल पर्सन कमलकेशरी राजचलले नियमित खोप, पूर्ण खोप सुनिश्चितता र दिगोपनाबारे तथ्यांकसहित प्रस्तुति दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.