भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

चितवनको बुढी राप्तीमा गोहीको आक्रमण: माछा मार्ने युवकको मृत्यु

चितवनको बुढी राप्तीमा गोहीको आक्रमण: माछा मार्ने युवकको मृत्यु

चितवन, २० असार । चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारीका २७ वर्षीय अविषेक माझीको गोहीको आक्रमणबाट ज्यान गएको हो। प्रहरीका अनुसार बिहीबार राति करिब ९ बजे अविषेक माझी स्थानीय राजकुमार माझीसँग माछा मार्दै थिए।

सोही क्रममा उनलाई गोहीले नदीमा तानेर बेपत्ता बनाएको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार अविषेकको शव घटनास्थलबाट करिब २०० मिटर तल राति १:२० बजे फेला परेको हो।

बुढी राप्ती नदीमा घडियाल प्रजातीका गोहीहरूको बाक्लो बसोबास रहेको छ। प्रहरीका अनुसार नदी दक्षिणतर्फ बग्ने भए पनि गोहीले युवकलाई उल्टो धारतर्फ तानेर लगेको थियो। यस घटनाले जोखिमयुक्त क्षेत्रको सुरक्षाको सवाल पुनः उठाएको छ।

 


Thali Mobile Pvt.Ltd.