भर्खरै : Sorry, your browser does not support inline SVG.

सिद्धान्तलाई व्यवहारमा लागु गर्ने जिम्मेवारी जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीको होः मेयर सुनिल प्रजापति

सिद्धान्तलाई व्यवहारमा लागु गर्ने जिम्मेवारी जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीको होः मेयर सुनिल प्रजापति

काठमाडौं, ११ साउन । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको पारिवारिक भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पारिवारिक भेटघाटले आत्मीयता र सहयोगी भावनाको विकास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनप्रतिनिधि, कर्मचारी र जनताको संयुक्त पहलबाट उदाहरणीय काम सम्पन्न हुने उदाहरण भक्तपुर नगरपालिका हो । जनता इमानदार भए निर्वाचित जनप्रतिनिधि पनि इमानदार हुने हु“दा जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा स·ठित गर्नु जरूरी छ ।”

व्यक्तिगत स्वार्थ त्यागेर काम गरे समाजको विकास तीव्रगतिले गर्न सकिने भनाइ उहाँको थियो । प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर शैक्षिक, राजनीतिक, सांस्कृतिक र सफाइमा परिवर्तन हुनुमा पार्टीका अग्रजहरूको भूमिका महत्वपूर्ण छ । राजनीतिक कार्यकर्ताहरू विचार र सिद्धान्तमा प्रतिबद्ध भई लाग्नुपर्छ ।”

भक्तपुर नगरका जनप्रतिनिधि, कर्मचारी र राजनीतिक नेतृत्वको अनुशासन र इमानदारिताको कारण देशभरिका नगरपालिकालाई मार्ग निर्देश गर्ने क्षमताको विकास भएको छ, उहाँले भन्नुभयो ।नगरपालिकाले लागु गरेको पर्यटन शुल्कले भक्तपुर विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले जनतालाई स्वयम्‌सेवीको भावना दिन पाक्षिक सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कर्मचारी, जनप्रतिनिधिबिच पुनर्ताजगीको लागि पारिवारिक भेटघाट आवश्यक भएको धारणा राख्दै नेमकिपाको उद्देश्य र सिद्धान्तलाई व्यवहारमा लागु गर्ने जिम्मेवारी जनप्रतिनिधि, कार्यकर्ता र कर्मचारीको हो भन्नुभयो ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले कर्मचारी र जनप्रतिनिधिको कर्तव्य र जिम्मेवारी फरक भए पनि जनताको सेवा गर्ने साझा जिम्मेवारीबाट प्रेरित भई काम गर्नुपर्ने बताउनुभयो ।

कर्मचारीहरू पनि राजनीतिकरूपमा स्पष्ट र प्रतिबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले जनप्रतिनिधिको उद्देश्य पूरा गर्ने कर्मचारीले सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो । भनपा वडा नं। १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौ“मिखाले जनताको मन जितेर काम गर्न सकेमात्र जनप्रतिनिधि र कर्मचारी सफल भएको ठान्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा वडा सदस्य जितेन्द्र मनुंकर्मीले पनि बोल्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले सेवानिवृत्त कर्मचारीहरू गोविन्दराम थुसा र भुवन बखुन्छेलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.