भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

जल संकटको चपेटामा मधेश, संरक्षण पोखरी बने आशाको झिल्को

जल संकटको चपेटामा मधेश, संरक्षण पोखरी बने आशाको झिल्को

मुख्य बुँदाहरू

सुक्खाग्रस्त मधेशमा पोखरीहरू जीवनरेखा बने

चुरे क्षेत्रमा दुई सयभन्दा बढी संरक्षण पोखरी निर्माण

राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको अगुवाइमा जल पुनर्भरण प्रयास

खानेपानीको हाहाकार, खेतमा धाँजा फाट्न थाले

संघीय र प्रदेश सरकारले मधेशलाई आपतकालीन क्षेत्र घोषणा

चुरे संरक्षणबिनाको मधेश भविष्य जोखिममा

काठमाडौँ, १० साउन । लगातारको खडेरी र कमजोर मनसुनले प्यासले तर्सिएको मधेश प्रदेशमा संरक्षण पोखरीहरू जीवनको नयाँ आशा बनेका छन्। चुरे क्षेत्रदेखि तराईका धेरै भागहरूमा जल स्रोत सुक्दै जाँदा संरक्षण पोखरीहरूले पानी संकलन र पुनर्भरणमा महत्त्वपूर्ण भूमिका खेल्न थालेका छन्।

मधेशका विभिन्न स्थानमा प्राकृतिक र कृत्रिम गरी दुई सयभन्दा बढी संरक्षण पोखरी निर्माण भइसकेका छन्। यीमध्ये कतिपय पोखरी बर्खामा बगेको पानी संकलन गर्न, भूगर्भ जल सतह बढाउन र सिंचाइ तथा पशुपालनका लागि पानी उपलब्ध गराउन निर्माण गरिएका छन्। महोत्तरीको बर्दिबास–३ मा रहेको जरायोझोरा सामुदायिक वन र रातुखोलाको क्षेत्रमा निर्माण गरिएको पोखरी र कुलो प्रणाली त्यसका उदाहरण हुन्।

अत्यधिक चुरे दोहन, जलवायु परिवर्तन र भूगर्भ जलको सतह घट्दै जाँदा चुरे क्षेत्रमा पोखरी निर्माण गर्नु अपरिहार्य बनेको छ। पानीको अभावसँग जुधिरहेका स्थानीयवासीलाई यस्ता साना तर सशक्त संरचनाले केही मात्रामा राहत दिएको छ।

हाल मधेशमा खानेपानीको संकट गहिरिएको छ। कतिपय किसानहरूले रोपाइँ सुरु गर्न नपाएका छन् भने पहिले रोपिएको धान बालीसमेत सुक्न थालेको छ। यसवर्ष मनसुन अनियमित भएपछि पानी अभावका कारण धान उत्पादनमा ठूलो गिरावटको आशंका गरिएको छ।

मधेश प्रदेशमा हालसम्म जम्मा ४७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। पानीको चरम अभावको बीचमा संरक्षण पोखरीहरू टिकाउ समाधानको प्रारम्भिक प्रयासको रूपमा स्थापित हुँदै गएका छन्।

सरकारी तथा गैरसरकारी संस्थाहरूको पहलमा निर्माण गरिएका यस्ता संरचनाले वातावरणीय सन्तुलन मात्र होइन, दीर्घकालीन जलस्रोत व्यवस्थापनमा पनि सहयोग पुर्‍याउने देखिएको छ। तर, यी संरचनाको दिगोपन, मर्मत र परिचालनमा अझै नियमितता आवश्यक छ।

 


Thali Mobile Pvt.Ltd.