भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाडौं, २१ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ११ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार ३४१ जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये ९८ जनाको पहिचान गरी आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ । यस्तै, बाढीमा परी अझै ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणको पछिल्लो विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६५२ जना अहिले होल्डिङ सेन्टरमा रहेका छन् । बाँकी उद्धार गरिएका नागरिक भने आफ्नो घर फर्किसकेका छन् । बाढीपछि बेपत्ता भएकाको खोजी, शवको व्यवस्थापन तथा पहिचान र प्रभावित नागरिकको उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.