भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन

काठमाडौँ, १६ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको सातौँ दिन आज पनि खोज, उद्धार तथा राहत वितरणको काम जारी छ । बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहेको छ ।

पाँच सयभन्दा बढी व्यक्ति सुरुङभित्र फसेको आशङ्कामा उद्धार टोलीले खोजी तथा उद्धारको प्रयास गरिरहेको भए पनि अहिलेसम्म सफलता मिल्न सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा फसेका तथा अलपत्र परेका ११ हजार ३७९ जनाको उद्धार भइसकेको छ । अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति छन् । प्राधिकरणका अनुसार जलविद्युत् आयोजनाबाट मात्रै ६३९ जना सम्पर्कविहीन भएका छन् । बाढी तथा पहिरोमा परी अहिलेसम्म ९३९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जना रहेका छन् ।

खोज तथा उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले खोज, उद्धार तथा राहत वितरणको काम निरन्तर भइरहेको जनाएको छ ।

तर, उद्धार तथा राहत प्रभावकारी हुन नसकेको भन्दै बाढी प्रभावितहरूले गुनासो गरेका छन् । सम्पर्कविहीनको खोजी तथा सुरुङमा फसेकाहरूको उद्धारलाई तीव्र बनाउन प्रभावितले माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.