काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनको अंक काटिने भएको छ। मन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ नम्बर काटिने बताएकी छन् ।
बार्गेनिङ गरेको थाहा पाएमा उजुरी गर्न अनुरोध गरेकी छन् । रास्वपाको आइतबार बसेको बैठकले सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरेको छ ।
बैठकमा समावेशीतालाई मध्यनजर गरि मेरिटोक्रेसीका आधारमा नियुक्ति अघि बढाउने र राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय भएको महामन्त्री डा. मुकुल ढकालले बताए ।
नवगठित मन्त्रिपरिषदमा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्री, उपसभापति डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...