भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

आजदेखि डिस्को, दोहोरी रातभरी खुल्ने

आजदेखि डिस्को, दोहोरी रातभरी खुल्ने

पोखरा । आज साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन् । आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्बाध रुपमा सञ्चालन हुने भएका हुन । राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता समेत जनाए । उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे ।

आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत् ध्यान केन्द्रको रुपमा एउटा ध्यान केन्द्र निर्माण गर्ने घोषणा गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

 


Thali Mobile Pvt.Ltd.