भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिभुवन विमानस्थलको भिआइपी कक्ष प्रयोग नगर्न अधिकारीलाई गृह मन्त्री लामिछानेको निर्देशन

त्रिभुवन विमानस्थलको भिआइपी कक्ष प्रयोग नगर्न अधिकारीलाई गृह मन्त्री लामिछानेको निर्देशन

काठमाडौं । त्रिभुवन विमानस्थलको भिआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई गृह मन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति अन्त्य गर्न यस्तो निर्देशन दिएका हुन । छलफलमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भिआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरूको आगमन र प्रस्थान व्यवस्थित गर्न अत्यावश्यक रहेको औँल्याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा सरोकारवालाबिच छलफल भएको थियो । कार्यक्रममा बोल्दै गृह मन्त्री लामिछानेले विमानस्थलबाट बाहिरिएको करिब ६१ केजी सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि भन्दै पूर्वमुख्य सचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदाश वैरागीको नेतृत्वमा समिति गठन गरेको बारे पनि कुरा उठाएका थिए ।

भिआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको भन्दै नागरिकले असहजता व्यहोरि रहँदा आफूहरूले त्यस्तो सुविधा प्रयोग गर्न नसुहाउने मन्त्री लामिछानेको भनाई छ । पछिल्लो समय भिआइपी सुविधाका नाममा दलबलसहित जाने परम्परासमेत बढ्दै गएको छ । प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिँदै विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्न र एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरे ।

बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्न जोड दिएका गृहमन्त्री लामिछानेले तत्कालै परिवर्तनको अनुभूति गर्ने गरी नागरिकलाई सुरक्षा र सेवा दिनसमेत निर्देशन दिए । विमानस्थलमा भएका व्यवस्थापन समितिहरूलाई सक्रिय बनाई सेवा प्रवाहमा चुस्तता ल्याउनु पर्ने गृह सचिव एकनारायण अर्यालले बताए । प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन सकिने भन्दै उपलब्ध स्रोतसाधनहरूको प्रयोगमा जोड दिनुपर्ने र थप आवश्यक उपकरणहरूसमेत तत्काल जडान गरेर विमानस्थललाई व्यवस्थित बनाउनु पर्ने गृह सचिव अर्यालको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.