भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

विश्वका डलर अर्बपतिहरु

विश्वका डलर अर्बपतिहरु

काठमाडौं । अमेरिकी फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या २ हजार ७८१ जना पुगेको छ । गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ ।

शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ । नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ ।

दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् । त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छ ।

गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।

 


Thali Mobile Pvt.Ltd.