भर्खरै : Sorry, your browser does not support inline SVG.
गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन |

विश्वासको मत लिए लगतै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले एमालेलाई सत्ता हस्तान्तरण गर्ने

विश्वासको मत लिए लगतै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले एमालेलाई सत्ता हस्तान्तरण गर्ने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले विश्वासको मत लिए लगतै एमालेलाई सत्ता हस्तान्तरण गर्ने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।

उनले भने, ‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’

कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएका थिए । तर उनले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिएका कारण आज राजीनामा दिदैछन् ।

 


Thali Mobile Pvt.Ltd.