विश्वासको मत लिए लगतै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले एमालेलाई सत्ता हस्तान्तरण गर्ने

विश्वासको मत लिए लगतै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले एमालेलाई सत्ता हस्तान्तरण गर्ने image

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले विश्वासको मत लिए लगतै एमालेलाई सत्ता हस्तान्तरण गर्ने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।

उनले भने, ‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’

कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएका थिए । तर उनले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिएका कारण आज राजीनामा दिदैछन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda