भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हमासले रेडक्रसमार्फत चार शव इजरायललाई हस्तान्तरण गर्‍यो

हमासले रेडक्रसमार्फत चार शव इजरायललाई हस्तान्तरण गर्‍यो

काठमाडौँ, २८ असाेज । हमासको नियन्त्रणमा रहँदा मृत्यु भएका दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव अन्ततः इजरायललाई बुझाइएको छ। सोमबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको पुष्टि गरेको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा ल्याइपुर्‍याइएको जानकारी दिएका छन्।

चारै शवलाई तेलअभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगिएको छ, जहाँ पहिचान र पोस्टमार्टम प्रक्रिया सुरु गरिएको छ।
फरेन्सिक परीक्षण सकिएपछि शवहरू परिवारको जिम्मा लगाइनेछ र त्यसपछि विपिनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.