भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हमासले रेडक्रसमार्फत चार शव इजरायललाई हस्तान्तरण गर्‍यो

हमासले रेडक्रसमार्फत चार शव इजरायललाई हस्तान्तरण गर्‍यो

काठमाडौँ, २८ असाेज । हमासको नियन्त्रणमा रहँदा मृत्यु भएका दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव अन्ततः इजरायललाई बुझाइएको छ। सोमबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको पुष्टि गरेको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा ल्याइपुर्‍याइएको जानकारी दिएका छन्।

चारै शवलाई तेलअभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगिएको छ, जहाँ पहिचान र पोस्टमार्टम प्रक्रिया सुरु गरिएको छ।
फरेन्सिक परीक्षण सकिएपछि शवहरू परिवारको जिम्मा लगाइनेछ र त्यसपछि विपिनको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.