भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

फरार कैदीबन्दीको विवरण सार्वजनिक, साढे ६ हजारभन्दा धेरै जेल बाहिर

मुख्य बुँदा 

भदौ २३–२४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट ६,५०० भन्दा बढी कैदीबन्दी फरार।

कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत फरार कैदीबन्दीको नामावलीसहित विवरण सार्वजनिक।

सूची अनुसार ५,८६८ नेपाली, ५४० भारतीय र १०८ अन्य विदेशी फरार।

अहिलेसम्म ९,००८ कैदीबन्दी कारागार फिर्ता।

फरार कैदीबन्दी खोजी, पक्राउ अभियान नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय।

फरारलाई लुकाउने/छिपाउने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने चेतावनी।

काठमाण्डौ, २७ असाेज । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

विभागका अनुसार फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको छ ।

विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.