भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वीरगञ्जको अवैध गोदाममा छापा मार्दा झडप

वीरगञ्जको अवैध गोदाममा छापा मार्दा झडप

वीरगञ्ज, २७ माघ । वीरगञ्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार आदर्शनगरमा रहेको मदनप्रसाद गुप्ताको घरमा भन्सार छली गरी भित्र्याइएको सामान गोदाम गरी राखिएको आशङ्कामा छापा मारेको थियो ।

सो क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो । पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो ।

उनले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको पहिचान सिसीक्यामेरा फुटेजका आधारमा गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । छापा मार्ने क्रममा सो गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.