भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

मेघालयको कोइलाखानी विष्फोटमा मृतक नेपालीको संख्या ४ पुग्यो

मेघालयको कोइलाखानी विष्फोटमा मृतक नेपालीको संख्या ४ पुग्यो

काठमाडौं, २७ माघ । भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ ।

विष्फोटमा परी बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

विष्फोटपछि सम्पर्कविहीन रहेका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो । यसअघि माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्स क्षेत्रमा रहेको अवैध कोइलाखानीमा भएको विष्फोटमा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको थियो ।

राई रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय पुगेका थिए । मृतक चारै जनाको उतै दाहसंस्कार गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.