भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

केमिकलले पकाइएका आँप बजारमा, उपभोक्ता जोखिममा

केमिकलले पकाइएका आँप बजारमा, उपभोक्ता जोखिममा

काठमाडौं, २२ जेठ ।  देशभरको फलफूल बजार अहिले आँपले पँहेलपुर देखिन्छ। नेपाली मौसमी आँप असार महिनापछि मात्र पाक्ने भए पनि अहिले बजारमा पाइने अधिकांश आँप केमिकल (कार्बाइड) प्रयोग गरेर पकाइएका छन्।

यी आँप उपभोक्ताको घर–घरमा पुगिरहेका छन्, तर तिनको स्वाद न निखारिएको छ, न त स्वास्थ्यका दृष्टिकोणले सुरक्षित नै। किसानले व्यापारीलाई राम्रो मूल्यमा आँप बेचिरहेका छन्, तर ती आँप समयअघि नै टिपेर कार्बाइड प्रयोग गरी जबर्जस्ती पकाइएका हुन्।

फलस्वरूप, उपभोक्ता न त स्वादिलो फलफूल खान पाउँछन्, न त त्यसबाट पोषण नै प्राप्त हुन्छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार, नेपालमा अहिले बिक्रीमा आएका आँप ‘अगौटे जात’ का हुन् र तिनको प्राकृतिक रूपमा पाक्ने समय अझै आएको छैन। सामान्यतया असार महिनापछि मात्र यी आँप बजारमा आइपुग्ने हो।

विष विशेषज्ञहरूका अनुसार, कार्बाइड प्रयोग गरेर पकाइएका फलफूल मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन्। यस्तो आँप खाँदा पेट दुख्ने, वान्ता आउने, पखाला लाग्नेजस्ता समस्या त हुन्छन् नै, साथै यसले दीर्घकालीन रूपमा फोक्सो, मुटु, मिर्गौला लगायतका अंगमा पनि गम्भीर असर पुर्याउन सक्छ।

विज्ञहरूले उपभोक्तालाई बजारबाट आँप खरिद गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। प्राकृतिक रूपमा पाकेका, गन्ध र बनावटले स्वाभाविक देखिने फलफूल छानेर मात्र किनमेल गर्नुपर्ने बताएका छन् । 

 


Thali Mobile Pvt.Ltd.