भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

ट्रम्पको कडा आप्रवासन नीति पुनः सक्रिय, १२ देशका नागरिकमाथि प्रतिबन्ध

ट्रम्पको कडा आप्रवासन नीति पुनः सक्रिय, १२ देशका नागरिकमाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। नयाँ आदेशअनुसार अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकले अमेरिका यात्रा गर्न पाउने छैनन्।

बीबीसीले जनाएअनुसार यी देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने आशंका गरिएको छ। ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले भनिन्, “राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकलाई खतरनाक विदेशीहरूबाट जोगाउन यो निर्णय लिएका हुन्। यी देशहरूबाट आउने व्यक्तिहरूले राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउन सक्छन्।”

यो प्रतिबन्ध ट्रम्प प्रशासनको सन् २०१७ को पहिलो कार्यकालमा गरिएको सोही प्रकृतिको आदेशसँग मेल खान्छ। त्यो बेला सात मुस्लिम बहुल देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न निषेध गरिएको थियो, जसले अमेरिकाभित्र र बाहिर व्यापक आलोचना निम्त्याएको थियो। विश्लेषकहरूका अनुसार ट्रम्पको यो निर्णय आगामी चुनावलाई लक्षित गर्दै राष्ट्रवाद र कडा आप्रवासन नीतिको पुनः दोहोर्याइएको प्रयास हो।

 


Thali Mobile Pvt.Ltd.