भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निजी क्षेत्रको भरोसा टुट्न दिन्नँः अर्थमन्त्री पौडेल

निजी क्षेत्रको भरोसा टुट्न दिन्नँः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा उनले निजी क्षेत्रलाई राज्यले संरक्षण गर्ने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे ।

सरकारले निजी क्षेत्रलाई मान्य हुने गरी समस्याको समाधान खोज्ने उनले उल्लेख गरे । उनले आमसर्वसाधारण र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न आफ्नो ध्यानकेन्द्रित गर्ने बताए । सरकारले निजी क्षेत्रलाई नीतिगत रूपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने उनको भनाइ छ ।

मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको उनले स्पष्ट पारे । मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थाको सम्बोधन गरिने विश्वास व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.