भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रशासनमा प्रधानमन्त्रीको हस्तक्षेप, आफु अनुकूल बनाउने प्रयास

प्रशासनमा प्रधानमन्त्रीको हस्तक्षेप, आफु अनुकूल बनाउने प्रयास

काठमाडौं । राजनीतिक हस्तक्षेपको दलदलमा थन्थिलो भएको निजामती प्रशासन स्पष्ट आधार र मापदण्ड बनाएर चलाउन नयाँ सरकारलाई सकस परेको छ । यस सम्बन्धी गम्भीर बहस प्रारम्भ भएको छ । निजामती प्रशासनलाई हस्तक्षेप गरी आफु अनुकूल बनाउन बनाउँदै र रमाउँदै आइरहेको राजनीतिक नेतृत्वले हस्तक्षेप हाम्रो खोज्ने प्रवृत्ति हावी छ । तर अव यो क्रम भंग र विकृति यथावत् रहिरहने हो भने सरकारको कामकारबाही प्रभावकारी हुने सक्दैन ।

त्यसैले प्रशासनविद् यसका विरुद्ध हाम्रो होइन राम्रो भन्ने कुराको अर्थाई खोज्न आवश्यक ठानिरहेको छ । पूर्वप्रशासक तथा प्रशासनविद्हरूले पुरानै सरकारको जस्तै शैली नयाँ सरकारले पनि अपनाउने हो भने प्रशासन संयन्त्र झनै भद्रगोल, सुस्त र निकम्मा हुन सक्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

विभिन्न मन्त्रालय र मातहतका अत्यन्तै महत्वपूर्ण र संवेदनशील मानिएका निकायमा विगतमा जस्तै राम्रा मान्छेको सट्टामा हाम्रा मान्छे खोज्ने प्रवृत्ति पुनरागमन भएमा नयाँ सरकारले पनि कुनै उल्लेख्य काम गर्न नसक्ने उनीहरूको दाबी छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीलगायतका कर्मचारीसँग ब्रिफिङ लिइरहेका छन् ।

यसैबीच प्रशासनविद् तथा पूर्व अध्यक्ष प्रशासकीय अदालतराजनीतिले आफूअनुकूलका प्रशासक तथा कर्मचारी खोज्ने र प्रशासक तथा कर्मचारीले पनि राजनीतिक संरक्षण खोज्ने प्रवृत्ति बढ्दै जाँदा निजामती प्रशासन अस्थिर र कमजोर बनेको हो । निजामती प्रशासन अस्थिर र कमजोर भएमा सरकार नै निष्प्रभावी बन्न जान्छ भनिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.