भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बक्सिङ खेलाडी गोसाई मृत अवस्थामा फेला

बक्सिङ खेलाडी गोसाई मृत अवस्थामा फेला

भक्तपुर। बक्सिङ खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी नीता घरमा मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनी झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको जानकारी प्रहरीले दिएको छ । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी समेत दिएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीमा दिएको जाहेरीको आधारमा व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ भने शवलाई पोष्टमार्टमका लागि पठाइएको भक्तपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.