भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बक्सिङ खेलाडी गोसाई मृत अवस्थामा फेला

बक्सिङ खेलाडी गोसाई मृत अवस्थामा फेला

भक्तपुर। बक्सिङ खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी नीता घरमा मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनी झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको जानकारी प्रहरीले दिएको छ । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी समेत दिएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीमा दिएको जाहेरीको आधारमा व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ भने शवलाई पोष्टमार्टमका लागि पठाइएको भक्तपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.