भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बीपी राजमार्ग पूर्ण रूपमा खुल्यो : काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा यातायात सामान्य

बीपी राजमार्ग पूर्ण रूपमा खुल्यो : काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा यातायात सामान्य

काभ्रेपलाञ्चोक, २५ असाेज । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। १९ स्थानमा ‘डाइभर्सन’ निर्माण गरी अवरुद्ध राजमार्ग आजदेखि पूर्णरूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ परीक्षणपछि शनिबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार राति समेत निरन्तर काम गरी यातायात सञ्चालनका लागि तयार पारिएको हो।

राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिका माम्तीसम्म ट्रयाक खोलिएको थियो। चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्तीका कुल १६ स्थानमा डाइभर्सन निर्माण गरी यातायातमा ल्याइएको छ।

सिन्धुली खण्डमा पनि तीन स्थानमा डाइभर्सन निर्माण भइसकेको छ। काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर अस्थायी सडक निर्माण गरिएको छ। योगेशका अनुसार “ट्रयाक खोली परीक्षण गरेका थियौं, साँघुरो स्थानमा राति थप काम गरी आजदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ।”

रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेको थियो। मंगलबारदेखि डाइभर्सन निर्माण थालिएको थियो र बिहीबारदेखि राति करिब दुई दर्जन मेसिनमार्फत अस्थायी सडक तयार पारिएको थियो। गत वर्षको बाढीपहिरोले पनि सडक क्षतिग्रस्त भएको थियो र त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो।

 


Thali Mobile Pvt.Ltd.