भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

डोटीमा भीषण ईभी हायस दुर्घटना : युवतीको मृत्यु, १९ घाइते उपचारमा

डोटीमा भीषण ईभी हायस दुर्घटना : युवतीको मृत्यु, १९ घाइते उपचारमा

काठमाडौँ, २५ असोज । डोटीमा यात्रुवाहक विद्युतीय हायस (ईभी) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। अछामबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ख ३९५६ नम्बरको हायस डोटीको जोरायल गाउँपालिका–१ गोल्डेन भन्ने स्थानमा आइपुग्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा अछामको मंगलसैन नगरपालिका–९ की २२ वर्षीया हरिना परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिए। प्रहरीका अनुसार गाडीमा करिब दुई दर्जनजति यात्रु सवार थिए। तीमध्ये १९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूमध्ये केही बालबालिका समेत रहेको जनाइएको छ।

सभी घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कैलालीको अत्तरियास्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक रावलले बताए। दुर्घटनाको कारण प्रारम्भिक रूपमा सडकको मोड तथा सवारी नियन्त्रणमा समस्या भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थलमा पुगेर विवरण संकलन र थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.