भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

मनसुन जोखिमका कारण बीपी राजमार्गमा रात्रीकालीन यातायात प्रतिबन्ध

मनसुन जोखिमका कारण बीपी राजमार्गमा रात्रीकालीन यातायात प्रतिबन्ध

काठमाण्डौ, २१ असार  । मनसुन सक्रिय भएसँगै सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन एक महिनाका लागि रोक लगाइएको छ।

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका ६:३० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचनाअनुसार यो रोक भोलिदेखि लागू हुनेछ।

यसअघि असार ७ गतेदेखि १५ दिनको लागि लागू गरिएको रात्रीकालीन रोकलाई थप विस्तार गरिएको हो। काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बाढी र पहिरोको सम्भावना रहेकाले यात्रुहरूको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताए।

उनका अनुसार, रातिको समयमा काठमाडौँतर्फ आउने र काभ्रेतर्फ जाने गाडी क्रमशः नेपालथोक र काभ्रेभञ्ज्याङमा रोकिनेछ। गएको वर्षको असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको थियो। अहिले राजमार्गको पुनर्निर्माण कार्य चार खण्डमा बाँडेर ठेक्का प्रक्रिया अघि बढाइएको छ।

पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने यो छोटो दूरीको वैकल्पिक राजमार्ग अत्यधिक प्रयोग हुने मार्ग हो, जहाँ दैनिक हजारौँ गाडी गुड्ने गर्छन्। यस्तो निर्णयले यात्रुहरूलाई केही असहज भए पनि सुरक्षाका दृष्टिले आवश्यक कदम भएको प्रशासनले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.