भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

देशभर मनसुनी वायुको प्रभाव, आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ असार । मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कि देशभर हाल मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ जसको कारण देशभर सामान्यतया बदली भएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमतीका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

यसका कारण शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम बढ्नेछ भने ठूला नदी नाला तथा खोलाहरूमा पानीको सतह वृद्धि हुने सम्भावना छ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनाराका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.