भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

देशभर मनसुनी वायुको प्रभाव, आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना image

काठमाडौँ, २१ असार । मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कि देशभर हाल मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ जसको कारण देशभर सामान्यतया बदली भएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमतीका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

यसका कारण शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम बढ्नेछ भने ठूला नदी नाला तथा खोलाहरूमा पानीको सतह वृद्धि हुने सम्भावना छ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनाराका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.