भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बीपी राजमार्ग बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा

बीपी राजमार्ग बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक, १ असाेज । यस वर्षको मनसुन सुरु भएसँगै रातिको समयमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्यतिर पुगेको अवस्था र दशैँ–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यात्रु सहजता र सुरक्षालाई ध्यानमा राखी राजमार्ग २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।

गत असार पहिलो सातादेखि मनसुनका कारण बाढी–पहिरोको उच्च जोखिम रहेकाले रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको थियो। विशेषगरी काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा १२ घण्टा राति सवारी सञ्चालन रोकिएको थियो।

यसअघि पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको सवारी सञ्चालनमा रोक लगाइएको थियो। असार ७ गतेदेखि भदौ मसान्तसम्म साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म, साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्ग बन्द गरिएको थियो।

गत वर्ष असोजमा आएको बाढी–पहिरोले राजमार्गको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा मात्र सवारी सञ्चालनको व्यवस्था गरिएको थियो। बाढी–पहिरोले करिब १६० किमी लामो राजमार्गको सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमीसम्मका खण्डमा बढी क्षति पुर्‍याएको थियो।

हाल क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रियामा अघि बढाइएको छ। पूर्वी नेपाललाई छोटो दूरीमा राजधानीसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गर्छन्।

 


Thali Mobile Pvt.Ltd.