भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्थगित कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

स्थगित कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

काठमाडौं, १ असोज । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक भएपछि स्थगित गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित तालिका सार्वजनिक गर्दै नयाँ परीक्षा मिति असोज ७ र ८ गते तोकेको छ।

परीक्षाको विवरण यस प्रकार छ : असोज ७ गते (पहिलो दिन), अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने विद्यार्थीका लागि सबै विषय, दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि सानो कोड भएको विषय, अंग्रेजी र नेपाली दुवै विषय दिने विद्यार्थीले पहिलो दिन अंग्रेजीको परीक्षा दिनुपर्नेछ।

असोज ८ गते (दोस्रो दिन), दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषय, यस दिन अनिवार्य अंग्रेजीको परीक्षा हुने छैन (अंग्रेजी ७ गते नै हुनेछ)।

 


Thali Mobile Pvt.Ltd.