भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नाकामा पहिलोपटक टेलिकमको बिटिएस

नाकामा पहिलोपटक टेलिकमको बिटिएस

म्याग्दी । मुस्ताङ र चीनको तिब्बतस्थित सीमाना कोरला नाकामा पहिलोपटक नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका-१, छोसेरस्थित कोरला नाकामा टेलिकमको टावर स्थापना गरी मङ्गलवारदेखि सञ्चालनमा ल्याइएको हो ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाले संरचना निर्माणमा सहयोग गरेपछि टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ ।

समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा पर्ने कोरला नाकामा नेपाल टेलिकमको टुजी र फोरजी टावर हाल सोलारको सहायतामा चल्ने गरी जडान गरेर सञ्चालनमा ल्याइएको टेलिकम बागलुङका प्रमुख सन्तोष बरालले बताए ।

 


Thali Mobile Pvt.Ltd.