भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

जी–२० राष्ट्रलाई आग्रहः ‘एलडीसी’ लाई सहयोग बढाउ

जी–२० राष्ट्रलाई आग्रहः ‘एलडीसी’ लाई सहयोग बढाउ

काठमाडौं । अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशलाई आग्रह गरेकी छन् ।

विश्वका अतिकम विकसित देशहरु बढी समस्यामा परिरहेका दृष्टान्त पेश गर्दै मन्त्री डा राणाले जलवायु परिवर्तनको असर, भूराजनैतिक तनाव आदिका कारण पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएको धारणा राखिन् ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा विश्वका शक्तिशाली मानिएका २० मुलुकको समूह जी‐२० मा आबद्ध देशका विदेशमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा राणाले एलडीसी मुलुकहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन ।

एलडीसीको अध्यक्षका हैसियतले परराष्ट्रमन्त्री डा राणाले बुधबार न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गरेकी हुन । नेपाल हाल एलडीसीको अध्यक्ष छ ।

 


Thali Mobile Pvt.Ltd.