भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं, १ असार । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्यान्डिङ गियरसम्बन्धी प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं फर्काइएको छ।

सोमबार बिहान करिब ७ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजमा उडानकै क्रममा समस्या देखिएपछि सुरक्षालाई प्राथमिकता दिँदै विमानलाई पुनः काठमाडौं फर्काइएको हो।

जहाजलाई आपत्कालीन अवस्थाको व्यवस्थापन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराइएको छ।

विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार जहाजमा देखिएको प्राविधिक समस्यापछि तत्काल आवश्यक प्रक्रिया अपनाएर सुरक्षित अवतरण गराइएको हो।

उनका अनुसार जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन्। हाल जहाजमा देखिएको प्राविधिक समस्याबारे विस्तृत परीक्षण भइरहेको छ। प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी पनि गरिएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.