भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

एक खर्बभन्दा बढी घोटालाको फाइल चाँडै सार्वजनिक हुने : अर्थमन्त्री

एक खर्बभन्दा बढी घोटालाको फाइल चाँडै सार्वजनिक हुने : अर्थमन्त्री

काठमाडौँ, १ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग हुने गरी इतिहासकै ठूलो वित्तीय घोटालासम्बन्धी फाइल चाँडै सार्वजनिक हुने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त घोटालाको सत्यतथ्य बाहिर आएपछि राज्य सञ्चालन प्रणालीबारे गम्भीर खुलासा हुने दाबी गरे।

उनका अनुसार यो मुद्दा हाल न्यायिक प्रक्रियामा रहेको छ। “नेपालको इतिहासमा सबैभन्दा ठूलो फाइनान्सियल स्क्याण्डल अहिले न्यायिक प्रक्रियामा छ,” उनले भने, “१ खर्बभन्दा बढी बिगो मागेर मुद्दा चलिरहेको छ।”

अर्थमन्त्री वाग्लेले उक्त घटनामा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न निकायसम्म संलग्न भएको संकेत गर्दै स्वार्थ समूहको प्रभावले राज्यका संरचनाहरू प्रभावित भएको टिप्पणी गरे।

उनका अनुसार सरकारले स्वार्थ समूहलाई कमजोर पार्ने र पारदर्शी शासन प्रणाली स्थापना गर्ने अभियान अघि बढाइरहेको छ। उनले युवाहरू विदेशिनुपर्ने बाध्यता हटाउने गरी राज्य अघि बढिरहेको पनि बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.