भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बजेट नहुँदा कालोपत्रे हुन सकेन तल्लु-दुनै सडक खण्ड

बजेट नहुँदा कालोपत्रे हुन सकेन तल्लु-दुनै सडक खण्ड

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको सडक बजेट अभावका कारण कालोपत्रे हुन सकेको छैन।

यसअन्तर्गत ६२ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जानकारी दिएको छ। गत आर्थिक वर्ष नै कालोपत्रेका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति दिएको छैन। आयोजनाका प्रमुख सुजन अधिकारीका अनुसार ११८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा कालोपत्रेको काम जारी छ।
जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रेको काम यति विल्ड्रस प्रालिले गरिरहेको छ। बाँकी ६२ किमी सडकको काम भने बजेट नहुँदा अगाडि बढेको छैन।

तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउँछ। कच्ची सडक र पुल नहुँदा यात्रा गर्न सास्ती छ। दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन। भेरी करिडोरले बाँकेको नेपालगञ्ज, सुर्खेत, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा तथा चीनको सिमाना क्याटो–मरिम्लालाई जोड्छ। सरकारले यसलाई प्राथमिकता राखी त्रिदेशीय सडकका रूपमा विकास गरे चीनसँगको व्यापारमा समेत सहजता आउने जानकारहरूको भनाइ छ।

भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ र मैदे खोलामा पक्की पुल आवश्यक छ। पुलका लागि पनि स्रोत सुनिश्चित भएको छैन। झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायातका साधन सञ्चालनमा भइरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.