भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

मोतिबिन्दु लागेका १२ जनाको निःशुल्क उपचार हुदै (भिडियोसहित)

मोतिबिन्दु लागेका १२ जनाको निःशुल्क उपचार हुदै (भिडियोसहित)

भक्तपुर । मानिसको जन्मसँगै प्राकृतिक रूपमा आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्द छ । आँखाको भित्री भागमा हुने पारदर्शीता लेन्स अपारदर्शी भएको अवस्थामा टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो भएमा त्यसलाई मोतिबिन्दुको समस्या भनिन्छ । क्यामराको लेन्स भनेजस्तै हाम्रो आँखामा पनि प्राकृतिक एउटा लेन्स हुन्छ।

त्यो लेन्स पारदर्शी हुन्छ । पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ । त्यसको काम बाहिरबाट आएको प्रकाश छिर्न दिनु हो । त्यही लेन्समा दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै मोतिबिन्दु भनिन्छ । तर, कहिलेकाहीँ दुर्घटना वा विकीरणको प्रभावमा परेर, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रियाका कारण पनि यो समस्या देखापर्ने गर्ने गर्दछ ।

मोतिबिन्दुको समस्या जुनसुकै उमेर समूहमा पनि देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दुको सम्भावना बढी भएको पाइन्छ । कतिपयबेला वंशाणुगत रुपमा पनि यो रोगले सताउने गर्दछ । आँखामा जथाभावी औषधी प्रयोग गर्दा पनि मोतिबिन्दु हुन सक्छ । धूमपान र मदिरापान धेरै गर्ने तथा लामो समयसम्म घामको संसर्गमा रहने व्यक्तिलाई पनि मोतिबिन्दु हुने खतरा रहन्छ ।

यसैबीच मोतिबिन्दुको समस्याले ग्रस्त नहोस र समयमै उपचार पावस भनेर सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नास धिमे खल र सोमलिङ्गेश्वर आधारभूत विद्यालयको आयोजनामा सम्पन्न सो शिविरमा चार सय १७ जनाले आँखा जाँच गराएका थिए ।

१४० जना पुरुष र २६७ जना महिलाले आँखा परिक्षण गराउँदा १२ जनालाई मोतिबिन्दुको समस्या देखियो । ति १२ जनाको वि. पी. कोइराला लायन्स नेत्र केन्द्र महाराजगन्ज काठमाडौमा निःशुल्क अप्रेशन गरिने भएको छ ।

मोतिबिन्दु लाग्नुको कारण ?

चिकित्सकका अनुसार मधुमेह तथा हाइपरटेन्सनजस्ता रोगका कारण
९९ प्रतिशत कारण बढ्दो उमेर
आँखामा देखा पर्ने रोग जस्तैः जलबिन्दु
पोषण तत्वको कमी
चिनी रोग
जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रिया
वंशाणुगत कारण
बच्चा जन्मनु भन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सनको कारण
चोटपटक लागेर
घामको विकीरणले गर्दा
आँखाको पानीको खराबी
धूमपानका कारण ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…


मोतिबिन्दुका लक्षणहरू

दृष्टि धमिलो भएर जाने
उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
एउटै वस्तु आँखाले दुई वा सो भन्दा बढी देख्ने
आँखाको नानीभित्र सेतो देखिने
अँध्यारोमा झन् कम देख्ने
चश्माको पावरमा परिवर्तन आइरहने
रंगहरू फरक देखिन थाल्ने
राति आँखा नदेख्ने
सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने।

मोतिबिन्दुको रोकथाम तथा उपचार
बाहिर हिँड्दा अथवा घाममा हिँड्दा घामबाट बच्न चश्मा लगाउने
धूमपानबाट अथवा निकोटिन वा सूर्तीजन्य पदार्थ सेवन नगर्ने
पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने
आँखाको नियमित अथवा समय समयमा परीक्षण गर्ने
मोबाइल कम्प्युटरको सीमित मात्रामा मात्र प्रयोग गर्ने
डाक्टरको सल्लाहबिना औषधी प्रयोग नगर्ने ।

उपचार
मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । शल्यक्रिया भनेको पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने र झिल्ली सानो प्वाल पारेर लेन्स निकालिन्छ । यो सानो तर सुरक्षित शल्यक्रिया हो । मोतिबिन्दुको कारण आँखाको दृष्टिमा समस्या भए शल्यक्रियाबाट पूर्ण रूपमा ठिक हुने चिकित्सक बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.