भर्खरै : Sorry, your browser does not support inline SVG.

पाँच करोडको शीतभण्डार उपयोगविहीन, छैन कसैलाई चाँसो

पाँच करोडको शीतभण्डार उपयोगविहीन, छैन कसैलाई चाँसो

पश्चिम नवलपरासी । सुस्तामा पाँच करोड रूपैयाँ खर्चेर निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन अवस्थामा उभिएको छ । सुस्ता गाउँपालिका ४ नर्सहिमा निर्माण गरिएको उक्त शीतभण्डार प्राविधिक समस्याका कारण प्रयोगविहीन भएको हो । शीतभण्डारमा प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले बताए ।

शीतभण्डार भित्र राखिने काठ नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उनको भनाइ छ । शीतभण्डारमा एक हजार मेट्रिकटन क्षेमताको भण्डारण रहेको छ । अहिले पाँच सय मेट्रिकटनबाट सञ्चालनको तयारी भइरहेको भएपनि प्रयोगमा आउँन सकेको छैन ।

निर्माण कम्पनीले शीतभण्डार सम्पन्न गरेर गाउँपालिकालाई तीन वर्षअघि नै हस्तान्तरण गरेको थियो । शीतभण्डार सञ्चालनमा आउन नसकेपछि स्थानीय किसान समस्यामा छन्। केरा उत्पादक र अन्य किसानलाई कृषिजन्य उत्पादन भण्डारणमा चुनौती थपिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए ।

 


Thali Mobile Pvt.Ltd.