भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

भक्तपुर नपाले देशको सेवा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छः मेयर प्रजापति

भक्तपुर नपाले देशको सेवा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर नपाले देशको सेवा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बताउँनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका अवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बिहीबार बोल्दे उहाँले भनपाले देशको सेवा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको बतानँनु भएको हो ।

कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहेका नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुले कलेजमा भर्ना भएका सबै विद्यार्थीलाई उत्कृष्ट बनाउने प्रयासमा लाग्न शिक्षक–शिक्षिकाहरुलाई दिर्शेशन दिनुभयो । सरकारले निःशुल्क मेडिकल शिक्षाको व्यवस्था गरेको भए जनशक्ति परिचालनमा सहज हुने बताउँदै उहाँले नेपालका दक्ष जनशक्ति विदेशीको लागि सस्तो ज्यामी बनिरहेको यथार्थबारे प्रष्ट पार्नुभयो ।

नर्सिङ पेशा सेवाको भावनाले काम गर्ने पेशा भएको स्पष्ट पार्दै प्रमुख प्रजापतिले यो पेशामा चुनौतीसँगसँगै सफलता पनि प्राप्त हुने बताउनुभयो । स्वास्थ्य उपचार महँगो हुँदै जाँदा धेरै नेपालीहरु गरिबीको रेखामुनि झरेको बताउँदै उहाँले नर्सहरुले विदेशको सेवालाई भन्दा आफ्नै देश र देशबासीको सेवा गर्ने उद्देश्य लिनुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख रजनी जोशीले शिक्षा सफलताको सशक्त माध्यम भएको बताउँदै समाजलाई शिक्षित बनाउने उद्देश्यले भक्तपुर नपाले विभिन्न शैक्षिक संस्थाहरु सञ्चालन गरेको बताउनुभयो । ख्वप सर्कलको शैक्षिक विशेषता र उद्देश्यमाथि प्रकाश पार्दै उहाँले जिम्मेवार नर्समा हुनुपर्ने आचरणबारे सुसूचित गर्नुभयो ।

भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपा शैक्षिक संस्था सञ्चालन गर्ने अग्रणी संस्था भएको बताउँदै देशको लागि आवश्यक दक्ष र जिम्मेवार नागरिक बनाउन संस्था अग्रसर रहने बताउनुभयो । उहाँले ख्वप सर्कलका शैक्षिक संस्थाहरु देशकै नमुना शैक्षिक संस्थाको रुपमा स्थापित हुँदै गएको बताउँदै आधुनिक समाजसँग भिज्न सिकाउने नयाँ पुस्ता निर्माणमा यी शैक्षिक संस्थाहरु क्रियाशील रहेको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले मेडिकल क्षेत्र संवेदनशील र चुनौती पेशा भएसँगै यो पेशा सम्मानजनक पनि भएको बताउँदै आफ्नो पेशालाई धर्मको रुपमा लिई बिरामीको सेवा गर्न मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोल र शिक्षिका रविना सुवालले कलेज स्थापनाको उद्देश्य र विद्यार्थीहरुले पालना गर्नुपर्ने आचरण र अनुशासनबारे प्रष्ट पार्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.