भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

जेठ मसान्तभित्र नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने

जेठ मसान्तभित्र नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने

काठमाडौं । आर्थिक वर्षको जेठ मसान्तभित्र इजाजत नवीकरण नगरेमा क्यासिनोहरूको इजाजत स्वतः रद्द हुने भएको छ । सम्पत्ति शुद्धीकरण ९ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ले पर्यटन ऐनमा गरेको संशोधनले सो व्यवस्था गरेको हो ।

पर्यटन विभागले ऐनमा भएको यो प्रावधान स्मरण गराउँदै जेठ मसान्तभित्र नवीकरण गरी इजाजत कायम गराउन सबै क्यासिनो सञ्चालकहरुलाई सचेत गराएको छ ।

पर्यटन विभागका अनुसार क्यासिनो सञ्चालनको इजाजत पत्र प्राप्त व्यक्तिले क्यासिनो सञ्चालनको इजाजत मान्य अवधि सकिनुभन्दा कम्तीमा तीस दिन अगावै क्यासिनो सञ्चालनको इजाजत पत्र नवीकरण गर्न निवेदन दिनुपर्छ । त्यसरी निवेदन नदिएमा क्यासिनोको इजाजत पत्र स्वतः रद्द हुने भन्दै क्यासिनो सञ्चालकहरूलाई सचेत गराएको हो ।

 


Thali Mobile Pvt.Ltd.