भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

गोसाइकुण्डमा लेक लागेर पर्यटक गाइडको मृत्यु

काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ को लाङसिसा खर्कमा पर्यटक गाइड विजय तामाङको लेक लागेर मृत्यू भएको छ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का २४ वर्षीय तामाङको पाँच पोखरीबाट लाङटाङ–क्यान्जिन उपत्यका–लाङसिसाखर्कको नयाँ ट्रेकिङ रुट खोजी गर्न आएका ६्।७ जनाको समुह फर्केर तल झर्ने क्रममा मृत्यु भएको हो।

नयाँ पर्यटकीय रुटको खोजीमा तीलमण्ड पास जाने क्रममा लाङसिसाको माथि झण्डै ५ हजार ८ सय मिटरमाथि पुगेर फर्केका थिए। उनलाई लाङसिसाखर्क झर्ने क्रममा समस्या भएको थियो। समयमा उद्धार नभएको कारण टेकअन नेपाल नामक कम्पनीमा कार्यरत गाइड विजय तामाङको मृत्यु भएको आफन्तले बताएका छन्।

 

 

 


Thali Mobile Pvt.Ltd.