भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल रमाल्दिभ्स भिड्ने

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल रमाल्दिभ्स भिड्ने

काठमाडौं । माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पौने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.