भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

स्रोतबाटै फोहोरको वर्गीकरण गर्न काठमाडौं महानगरको आग्रह

स्रोतबाटै फोहोरको वर्गीकरण गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहोर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थान चाँडै भरिने भन्दै कामपाले स्रोतमै फोहोरको वर्गीकरण गर्न भनेको छ । महानगरले कुहिने फोहोर मात्र बञ्चरेडाँडा लानुपर्ने बताएको छ ।

“काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित सबै फोहोर अन्तिम व्यवस्थापन स्थानमा लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ,” कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “त्यसैले यसको प्रयोग लामो समयसम्म गर्न वर्गीकरण गरिएको फोहोर मात्र लानुपर्छ ।”

स्रोतमै फोहोर वर्गीकरण गर्ने अभ्यास कामपाको ३२ वडामध्ये केही वडामा सुरु भइसकेको छ । कामपाले अन्य वडामा पनि थालनी गर्न आग्रह गरिसकेको छ ।

काठमाडौं उपत्यकाबाट हेरक दिन एक हजार २०० मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।

न्यिदब िक्ष्mभ दबलप
“भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहोर निस्कन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो,” विभागका प्रमुख श्रेष्ठले भने, “नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ ।”

तरकारी, बढी भएको खानेकुरा, माछा मासु, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहोर हुन् ।

प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, नकुहिने फोहोर हुन् । रासस

 

 


Thali Mobile Pvt.Ltd.