भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सातगाउँले जात्रा मनाइँदै

सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौ । सातगाउँले जात्रा काठमाण्डौको दक्षिण–पश्चिम क्षेत्रमा मनाइँदैछ । सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा मनाउँने चलन रहेको छ ।

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष यहीबेला सन्तानहरु आउने विश्वासअनुसार सबै गाउँको रथ विष्णुदेवी पीठमा ल्याउने गरिन्छ ।

विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै शुरु भएको हो । कीर्तिपुरमा इन्द्रायणी जात्रा तथा पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।

जात्राको अवसरमा आज कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ८, ९, १०, ११, १३, १४ र १५ नम्बर वडामा स्थानीय बिदा दिइएको छ । सातगाउँले जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।

 


Thali Mobile Pvt.Ltd.