एम्बुसमा परी भारतमा ५ सैनिकको मृत्यु

एम्बुसमा परी भारतमा ५ सैनिकको मृत्यु image

काठमाडौं । भारतमा पाँच सैनिक मारिएका छन्। भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो। यस क्षेत्रमा आतंकवादी समूह लुकेको सूचनाका आधारमा सैन्य अभियान सुरु गरिएको थियो।

गत महिना राजौरी जिल्लाकै बाजीमल वनमा भएको झडपमा सेनाका दुई क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा आतंकवादी समूह लस्कर ए तोयबाको संलग्नता रहेको र शीर्ष कमाण्डर क्वारी मारिएको भारतीय अधिकारीले दाबी गरेका थिए।

आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्। घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda