भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एम्बुसमा परी भारतमा ५ सैनिकको मृत्यु

एम्बुसमा परी भारतमा ५ सैनिकको मृत्यु

काठमाडौं । भारतमा पाँच सैनिक मारिएका छन्। भारतको जम्मु कश्मिरमा आतंकवादी समूहले थापेको एम्बुसमा परी उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सैनिक गाडी एम्बुसमा परेपछि आतंकवादी समूहले अन्धाधुन्ध गोली चलाएको थियो। यस क्षेत्रमा आतंकवादी समूह लुकेको सूचनाका आधारमा सैन्य अभियान सुरु गरिएको थियो।

गत महिना राजौरी जिल्लाकै बाजीमल वनमा भएको झडपमा सेनाका दुई क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा आतंकवादी समूह लस्कर ए तोयबाको संलग्नता रहेको र शीर्ष कमाण्डर क्वारी मारिएको भारतीय अधिकारीले दाबी गरेका थिए।

आतंकवादी समूहले जम्मु–कश्मीरको राजौरी जिल्लामा सैनिकका दुईवटा गाडीलाई निशाना बनाएर थापेको एम्बुसमा परी अरु दुई जवान घाइते भएका छन्। घटनापछि सैनिकले आसपासको क्षेत्रलाई घेरा हालेर कारबाही जारी राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.