भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

जिल्लास्तरमा आचारसंहिता अनुगमन सशक्त बनाउने निर्णय

जिल्लास्तरमा आचारसंहिता अनुगमन सशक्त बनाउने निर्णय

काठमाडौँ, २४ माघ । केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने विषयमा विभिन्न निर्णय गरेको हो।

बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी वैकल्पिक सञ्चार व्यवस्था मिलाउने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्वसाधारणलाई निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचनामा सहज पहुँच पुर्‍याउने व्यवस्था गरिनेछ। साथै, सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई थप सशक्त र जिम्मेवार बनाइने निर्णय भएको छ।

बैठकमा चुनावका क्रममा सुरक्षाकर्मीको परिचालन, उम्मेदवारको सुरक्षा व्यवस्थापन, चुनाव विरोधी गतिविधि नियन्त्रण गरी कानुनी दायरामा ल्याउने विषयमा पनि छलफल भएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

त्यसैगरी, पेट्रोलियम पदार्थको खुला खरिद बिक्री तथा दुरुपयोग रोक्न आवश्यक कदम चाल्ने निर्णयसमेत गरिएको गृह मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.