भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

टिकटकको ‘लत’ लाग्ने डिजाइन परिवर्तन गर्न ईयूको निर्देशन

टिकटकको ‘लत’ लाग्ने डिजाइन परिवर्तन गर्न ईयूको निर्देशन

एजेन्सी, २४ माघ । युरोपेली आयोगले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई आफ्नो प्लेटफर्ममा प्रयोग हुँदै आएका ‘लत’ लाग्ने खालका सामग्री र डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ।

निर्देशन पालना नगरेमा ईयूको डिजिटल सामग्रीसम्बन्धी नियमअन्तर्गत कडा जरिवाना हुन सक्ने चेतावनी पनि दिइएको छ। युरोपेली आयोगका अनुसार टिकटकले विशेष गरी नाबालिग र कमजोर वयस्क प्रयोगकर्तामा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न प्रभावकारी कदम नचालेको आरोप लगाइएको छ।

आयोगका प्रवक्ता थोमस रेग्नियरले अत्यधिक सामग्री प्रयोगलाई प्रोत्साहन गर्ने स्वचालित भिडियो प्रसारण, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस प्रणालीले प्रयोगकर्तालाई लततर्फ धकेल्ने जोखिम बढाएको बताए। यस्ता ‘लत’ लाग्ने डिजाइनहरू ईयूको डिजिटल सेवा ऐन (डीएसए) को उल्लङ्घन भएको उनको भनाइ छ।

यसले विशेष गरी जोखिम वर्गका प्रयोगकर्ताको मानसिक स्वास्थ्य र समग्र कल्याणमा गम्भीर असर पार्ने आयोगको ठहर छ। यद्यपि, टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गर्दै युरोपेली आयोगको निष्कर्ष अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.