भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चाँगुनारायणका मेयर खत्री जापान प्रस्थान

चाँगुनारायणका मेयर खत्री जापान प्रस्थान

भक्तपुर । विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । जाईकाको सहयोगमा नेपाल सरकारले काठमाडौं उपत्यकामा भूकम्प लगायतका विपद् जोखिम न्यूनिकरणका लागि कार्यान्वयनमा ल्याउन लागिएको परियोजनाको तयारीका सन्दर्भमा तालिम सञ्चालन गरेको हो ।

तालिम दुई सातासम्म सञ्चालन हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भक्तपुरबाट चाँगुनारायण नगरपालिकासहित उपत्यकाका मेयरहरुलाई छनौट गरि जापानको तालिममा सहभागि गराएको हो । भ्रमणको सबै खर्च जाईकाले नै ब्यवस्थापन गर्नेछ ।

तालिममा भुकम्प, बाढी पहिरो, समुन्द्री आँधी, ज्वालामुखी बिष्फोटन जस्ता बारम्बार दोहोरीने दुर्घटनाबाट बच्न जापान सरकारले गरेको अध्ययन अनुसन्धान, नीति निर्माणको बारेमा जानकारी गराइनेछ ।

 


Thali Mobile Pvt.Ltd.