भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाँगुनारायणका मेयर खत्री जापान प्रस्थान

चाँगुनारायणका मेयर खत्री जापान प्रस्थान

भक्तपुर । विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । जाईकाको सहयोगमा नेपाल सरकारले काठमाडौं उपत्यकामा भूकम्प लगायतका विपद् जोखिम न्यूनिकरणका लागि कार्यान्वयनमा ल्याउन लागिएको परियोजनाको तयारीका सन्दर्भमा तालिम सञ्चालन गरेको हो ।

तालिम दुई सातासम्म सञ्चालन हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भक्तपुरबाट चाँगुनारायण नगरपालिकासहित उपत्यकाका मेयरहरुलाई छनौट गरि जापानको तालिममा सहभागि गराएको हो । भ्रमणको सबै खर्च जाईकाले नै ब्यवस्थापन गर्नेछ ।

तालिममा भुकम्प, बाढी पहिरो, समुन्द्री आँधी, ज्वालामुखी बिष्फोटन जस्ता बारम्बार दोहोरीने दुर्घटनाबाट बच्न जापान सरकारले गरेको अध्ययन अनुसन्धान, नीति निर्माणको बारेमा जानकारी गराइनेछ ।

 


Thali Mobile Pvt.Ltd.