सूर्यविनायकमा अस्थायी संरचनामाथि चल्यो डोजर (फोटो फिचर)

सूर्यविनायकमा अस्थायी संरचनामाथि चल्यो डोजर (फोटो फिचर)

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलिखेल खण्डमा रहेका अस्थायी सरचनाहरु हटाउन थालिएको छ । सोमबारदेखि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गको दक्षिणतिरका क्षेत्रहरुमा रहेका अस्थायी संरचनाहरु हटाउन थालिएका हो ।

राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्रअधिकारभित्र बनाइएका अस्थायी संरचनाहरु भत्काउन थालिएको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिनुभयो । उहाँले कामलाई निरन्तर रुपमा अगाडि वढाइने बताउँदै राजमार्ग केन्द्रबाट नाप्दै अनियमित भएकाहरु धमाधम भत्काइने बताउनुभयो । अस्थायी संरचनाहरु भत्काउन डोजरको प्रयोग गरिएको छ ।

नेपाल प्रहरी,ट्रापिक प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरु भत्काइएको हो । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजना चालू छ । यही योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरु भत्काउन थालिएको हो ।
सूर्यविनायकदेखि पूर्वतिरको बनेपा जाने राजमार्ग खण्ड पनि ६ लेन नै बनाउने कार्य अहिले धमाधम चालू छ ।

अरनिको राजमाग भक्तपुर र सूर्यविनायक नगरपालिकाको सिमाना हो । राजमार्गको उतर क्षेत्र भक्तपुर नगरपालिका क्षेत्रभित्र पर्दछ भने दक्षिण क्षेत्र भक्तपुरकै सूर्यविनायक नगरपालिका क्षेत्रभित्र पर्दछ । पहिलो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका अस्थायी टहराहरु भत्काउन थालिएका हुन् ।

राजमार्ग विस्तार अन्तर्गत अहिले धमाधम कामहरु भइरहेको छ । अतिक्रमका कारण सडक विस्तार कार्यमा ढिलाई भएको भन्दै अस्थायी संरचना भत्काउन थालिएको जनाइएको छ ।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि काठमाडौंको सडक भने ६ लेनको छ ।

तस्वीरहरु ..

 


Thali Mobile Pvt.Ltd.