भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चाँगुनारायणका ज्येष्ठ नागरिकहरुलाई निशुल्क औषधी वितरण

चाँगुनारायणका ज्येष्ठ नागरिकहरुलाई निशुल्क औषधी वितरण

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा ज्येष्ठ नागरिक औषधी वितरण तथा घरदैलो कार्यक्रम सम्पन्न भएकोे छ । चाँगुनारायण नगरपालिका वडा नं ३ द्धारा सञ्चालित कार्यक्रममा वडाका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई औषधी वितरण गरिएको हो । वडाध्यक्षको निर्देशनमा ९ वटा वडा कैै ज्येष्ठ नागरिकका सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगर उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । ज्येष्ठ नागरिककालाई सहुलियत दिने उदश्यले आयोजित यो कार्यक्रमले वडाका सबै व्यक्तिलाई प्रोत्साहन मिल्ने पनि उनको भनाइ छ ।

उपप्रमुख बुढाथोकीका अनुसार चाँगुनारायण अस्पतालले मागेको बजेटबाहेक ज्येष्ठ नागरिकका लागि डेढ करोड रकम नगरपालिकाले छुट्याएको छ । ज्येष्ठ नागरिकहरुले नियमित रुपमा सेवन गर्दै आइरहेका औषधीहरु डाक्टरको सुझावअनुसार वितरण गरिएको उनले बताए । “७० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्याङक संकलन गरी उहाँहरुले नियमित रुपमा सेवन गर्दै आइरहेका औषधीहरुको विवरण पनि संकलन गरेर नगरपालिकाको सहकार्यमा हामीले यो कार्यकंम आयोजना गरेका हौ । कतिपय औषधीहरु महँगो पनि छन् भने कति निशुल्क पाउने पनि छन् । ” उनले बताए । यो सुरुवाती कार्यक्रम भएता पनि आगामी दिनमा यसलाई निरन्तरता दिने उपप्रमुख बुढाथोकीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम अन्तर्गत अशक्त, ज्येष्ठ र पूर्ण अपाङ्ग नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरमै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम पारित भएको चाँगुनारायण नगरपालिका वडा नं ३ वडाध्यक्ष श्यामसुन्दर धिमालले जानकारी दिए । संकलित तथ्याङकअनुसार चाँगुनारायणका सबै वडामा औषधी वितरण गर्नका लागि करिब २ करोडको औषधी लाग्ने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.